भारत: मन्दिरको प्रसाद खाँदा ११ को ज्यान गयो

एजेन्सी– भारतको दक्षिणी राज्य कर्नाटकको एक मन्दिरमा प्रसाद खाएपछि ११ जनाको ज्यान गएको छ र दर्जनौं विरामी परेका छन् ।

धार्मिक कार्यक्रममा खाएको प्रसादका कारण करिब ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । जसमध्ये ११ जनाको अवस्था गम्भिर रहेको प्रहरी अधिकारीले बताएका छन् । 

यो घटना सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरमा भएको हो । खानेकुरामा विष भएका कारण मानिसको ज्यान गएको हुनसक्ने स्वास्थ्य अधिकारीले बताएका छन् । 

प्रसाद खाएर मानिसहरुमात्रै होइन कौवाहरु पनि मरेका छन् । प्रहरीले घटनाको अनुसन्धान गर्न दुई जनालाई पक्राउ गरेको छ । 


 





  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १३:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया