एनएसएल अक्सन : ए डिभिजनका ८ क्लबको आपत्ति

सहिद स्मारक ए डिभिजन लिगका आठ क्लबले शुक्रबार हुन लागेको आसन्न नेपाल सुपर लिग (एनएसएल) को विरोध गरेका छन् ।  

यसअघि पनि खेलाडीहरूको उपलब्धतालाई लिएर विज्ञप्ति जारी गरेका क्लबले आफूहरूसँग सम्झौतामा रहेका खेलाडीलाई एनएसएलको अक्सनमा राखेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)काे गम्भीर ध्यानाकर्षण सहित आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा एन्फाले आफूहरूकाे मागप्रति चासो नदेखाएको पनि उल्लेख गरेका छन् ।

ए डिभिजन लिगका आठ क्लबहरूले अक्सनका लागि एनएसएल आयोजकले आफूहरूसँग छलफल नगरेकाले छलफल हुनुपर्ने माग यधाशिघ्र सम्बोधन हुनुपर्ने माग गरेका छन् । यसो नभए यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार एन्फा नै हुने विज्ञप्तिमा उल्लेख छ । 

यस पटक एनएसएलमा १० क्लब रहनेछन्  । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार ८:४२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया