राप्रपाको केन्द्रीय समिति बैठक जारी, एमसिसीबारे धारणा सार्वजनिक गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अमेरिकी सहयोग परियोजना एमसिसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसिसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसिसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए ।

बैठक धुम्बाराहीमा जारी छ । बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए । 

प्रस्तुत प्रतिवेदनमाथि बुधबारदेखि नै छलफल सुरु भएको छ । राप्रपा बैठक आज सकिँदैछ । 
 





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार ९:१८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया