विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वव्यापी रूपमा चिन्ता र डिप्रेसनका घटना (केस)काे वृद्धि भएको जनाएको छ ।
डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको हो ।
कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रूपमा वृद्धि भएको डब्लूएचओको भनाइ छ ।
साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरूमा २७ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो ।
डब्ल्युएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डनले भनेका छन्, ‘आकारका हिसाबले यो निकै ठूलो वृद्धि हो ।’
मानिसको मानसिक स्वास्थ्य र खुसीले कोभिडको १९ को ठूलो प्रभाव रहेको ब्रिफिङले देखाएको उनले बताए ।
उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठूलो असर गरेको स्थानमा बृहत वृद्धि देखिएको थियो । पुरुषभन्दा महिला र किशोरीहरू कोभिडबाट प्रभावित भएका थिए ।
महामारीको समयमा महिलाहरू सबैभन्दा बढी प्रभावित भएको अक्टोबरको सुरुमा सार्वजनिक भएको एउटा प्रतिवेदनमा दर्शाइएको थियो ।
कोभिड महामारीको प्रारम्भिक वर्षमा मात्र डिप्रेसन र चिन्ताका बिरामीहरूको संख्या एक चौथााइले बढेको ल्यान्सेटको एउटा अध्ययनले देखाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।