एजेन्सी– केही दिनअघि उद्योगपति मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाह भयो । विवाहमा भारतका राजनीतिकर्मी र फिल्मीजगत्का प्रतिष्ठित व्यक्ति उपस्थित थिए । मुम्बईमा भएको उक्त विवाहमा अमिताभ बच्चन, दीपिका पादकोण, ऐश्वर्य राय बच्चन, प्रियंका चोपडा, सलमान खान, शाहरुख खानजस्ता सुपरस्टार सहभागी थिए ।
करिना कपुर खान पनि आफ्ना श्रीमान् सैफअली खान र दिदी करिश्मा कपुरसँग त्यहाँ पुगिन् । विवाहमा करिना कपुरका पूर्वप्रेमी शाहिद कपुर पनि श्रीमती मीरा राजपुतसँगै त्यहाँ आएका थिए ।
ब्रेकअपपछि पनि शाहिद र करिनाबीच राम्रो दोस्ती छ । तर, यो कौतुहलको विषय थियो कि करिना र मीरा एक–अर्कासामु हुँदा कस्तो व्यवहार गर्लान् । सो विवाहपछि धेरैको कौतुहल मेटिएको छ । एक रिपोर्टमा उल्लेख भएअनुसार करिना र मीरा भेट भएपछि उनीहरूले एकअर्कामा अंकमाल गरे ।
यी दुईबाहेक शाहिद र सैफले पनि एक–अर्कालाई भेटेर मज्जाले गफगाफ गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।