इन्जिनियर्स एसोसियसन कर्णालीमा सोनालालको प्रगतिशील प्यानल

सुर्खेत– इन्जिनियर्स एसोसियसन नेपाल कर्णाली प्रदेश कार्यकारिणी समितिको सभापतिमा प्रगतिशील समूहका सोनालाल यादवको प्यानल विजयी भएको छ । 

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार सम्पन्न निर्वाचनबाट यादव नेतृत्वको सिंगो प्यानल विजयी भएको प्रमुख निर्वाचन अधिकृत जगदीश लामिछानेले जनाए । 

उनका अनुसार सभापति यादवले १०५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका हरि केसीले ९९ मत ल्याएका थिए । 

त्यस्तै, प्रगतिशीलका तर्फबाट उपसभापति नवराज खतिवडा ११० मत ल्याएर विजयी हुँदा भने उनका निकटतम प्रतिद्वन्द्वी खुमबहादुर भण्डारीले ९३ मत प्राप्त गरे । 

त्यस्तै, प्रगतिशीलका सचिवका उम्मेदवार ताराकेशर वाग्लेले १२२ र लोकतान्त्रिकका उम्मेदवार जनक भट्टराईले ८१ मत प्राप्त गरेका छन् । प्रगतिशीलकै सहसचिव रवीन महतले १३१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी किशोर बिसीले ७३, कोषाध्यक्षमा विशाल अधिकारीले १२१ र लोकतान्त्रिकका माधव रिजालले ८१ मत पाएका छन् । 

सदस्यमा प्रगतिशीलका देवेन्द्र भट्टराई, टीकाराम पोख्रेल, तुलराम शर्मा, उज्ज्वल गिरी, कुमार खेमसुन्दर शाही, यज्ञप्रसाद आचार्य, गोविन्द खत्री, मेघराज खत्री, जीवन कठायत र हेमराज राना विजयी भए । केन्द्रीय कार्यकारिणी समिति सदस्यमा प्रगतिशीलका कृष्णप्रसाद पाण्डे चयन भए । 



एसोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत भएको कर्णाली प्रदेशको यो निर्वाचनमा २२५ मतदातामध्ये २०५ ले मतदान गरेका थिए । 



  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १७:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया