logo-img

राप्रपा दार्चुला जिल्ला कार्यसमिति कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको सिंगो दार्चुला जिल्ला कार्य समिति कमल थापा नेतृत्वको पार्टी राप्रपा नेपालमा समाहित भएको छ । 

अध्यक्ष वीरसिंह बडालसहित उपाध्यक्ष रामसिंह कार्की, गणेश सिह सामन्त, कोषाध्यक्ष नारायण दत्त भट्ट, सचिव करन बहादुर बमलगायत सिंगो राप्रपा दार्चुला जिल्ला कार्यसमिति राप्रपा नेपालमा समाहित भएको अध्यक्ष बडालले बताए ।

राप्रपाको एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन पार्टीको नेतृत्वमा आएपछि कमल थापा असन्तुष्ट बनेका थिए । हालै कमल थापा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पार्टी परित्याग गरेर राप्रपा नेपाल पार्टीमा समाहित भएका छन् । 

एकता महाधिवेशनपछि पार्टीको नेतृत्वमा आएका लिङ्देनले कार्यकर्तामा काखापाखा गरेकाले राप्रपा नेपालमा समाहित भएको जिल्ला अध्यक्ष विरसिंह बडालले बताए ।



मंसिर १५ देखि १७ गते सम्म भएको राप्रपाको एकता महाधिवेशनपछि आएको नयाँ नेतृत्वले पदाधिकारी र केन्द्रीय सदस्य मनोमानी ढंगले गरेको तथा राप्रपाका निर्वतमान अध्यक्ष कमल थापाले त्यससम्बन्धी छानबिनका लागि दिएको पत्रको बेवास्ता गरी इमानदार कार्यकर्तालाई समेत पार्टीबाट बाहिरिन बाध्य पारेको जिल्ला अध्यक्ष बडालको भनाइ छ । 



  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया