पानीजहाज चलाउने अन्तिम चरणमा पुगिसक्यौँ – मन्त्री महासेठ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकार आफ्नै पानीजहाज चलाउने अन्तिम चरणमा पुगिसकेकाे बताएका छन् । यससँगै उनले आगामी १ वैशाखदेखि प्राधिकरणकै मातहातमा बस सञ्चालन हुने जनाए । 

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले बढीभन्दा बढी विद्युतीय बस सञ्चालन गर्न लागेको बताए । ‘यसका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ,’ उनले भने, ‘प्राधिकरण गठनसँगै हामीले ठूलो फड्को मार्छौं ।’

नयाँनयाँ राजमार्ग निर्माणको काम सुरु गरिएको भन्दै उनले भूकम्पपछि बन्द भएको अरनिको राजमार्ग आगामी जेठ/असार महिनाभित्रै पुनः सञ्चालनमा ल्याइने बताए ।

सरकारले आफैँ किनेर रेल सञ्चालन गर्नेगरी दुईवटा रेल किन्न लागेको बताउँदै उनले यसको लागि सरकारले पनि स्वीकृति दिइसकेको उल्लेख गरे ।

पानीजहाज चलाउने भन्दा प्रधानमन्त्री ओलीको खिल्ली उडाउने काम भएको भन्दै मन्त्री महासेठले भने, ‘कागजको पानीजहाज बनाएर पानीमा हालेर यही हो केपी ओलीको जहाज भनेर प्रतिपक्षका साथीहरूबाट सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रचार गरियो । तर, ढुक्क हुनुहोस्, हामी आफ्नै पानीजहाज चलाउने अन्तिम चरणमा पुगिसकेका छौँ ।’





  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १७:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया