राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसका लागि राप्रपाले तयारी समितिसमेत गठन गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्न समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
आन्दोलन तयारीका लागि महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा समिति गठन गरिएको छ । केन्द्रीय कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, ‘राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना, भ्रष्टाचार विरुद्ध र जनजीविकाको सवालमा जनसंघर्ष गर्न महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा आन्दोलन तयारी समिति गठन गर्ने निर्णय गरिएको छ ।’
यस्तै, बैठकले आइतबार संसदबाट पारित भएको एमसिसीको व्याख्यात्मक घोषणा यसको अंग नभएको भन्दै विरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।