श्रील‌ंका राजनीति संकट
राजापाक्षेद्वारा प्रधानमन्त्री पदबाट राजीनामा

कोलम्बो– श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् । राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेको भिडियोहरू सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले समाचार प्रकाशन गरेका छन् । 

राजापाक्षेको पार्टीका एकजना सांसद शेहान सेमासिंघेले एक वक्तव्य जारी गर्दै उनले राजीनामा दिएको बताएका छन् । वक्तव्यमा उनले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गरे । अहिलेको राजनीतिक द्वन्द्व अन्त्य गर्नका लागि संसदीय निर्वाचन माग गर्ने आफूहरूको मुख्य मुद्दा हुने उनको भनाइ थियो । 

राजापाक्षेलाई राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेको र संसद् विघटन गरेको विषयलाई सर्वोच्च अदालतले अवैध भएको फैसला गरेपछि उनले राजीनामा दिएका हुन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १७:२९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया