आजको माैसम : पहाडी र हिमाली भू-भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर

आज देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

राति उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदको आँकलन छ । 

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान उच्च पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भू–भागमा आंशिक बदली छ । तराईमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले जनाएका छन् ।  





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार ७:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया