मानवअधिकार रक्षकहरूको प्रादेशिक सम्मेलन सुरु

कर्णाली प्रदेशमा मानवअधिकार रक्षकहरूको प्रादेशिक सम्मेलन सुरु भएको छ । सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ । 

‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार : दिगो शान्ति र सम्मृद्धिको आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानवअधिकार आयोगले सम्मेलनको आयोजना गरेको हो । 

सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका हुन् । 

कर्णाली प्रदेशमा मानवअधिकार रक्षकहरूको अवस्था तथा चुनौतीका विषयमा सुझाव संकलन गर्ने र सोही अनुसारको सरकारलाई सुझाव दिने उद्देश्यले सम्मेलनको आयोजना गरिएको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनीले जानकारी दिए । 

उनका अनुसार आयोगले देशैभर आज एकैसाथ मानवअधिकार रक्षकहरूको प्रादेशिक सम्मेलनको आयोजना गरी रक्षकहरूको अवस्था र चुनौती विषय र सुरक्षामा केन्द्रित भई सुझाव संकलन र छलफल गरिरहेको छ ।
 





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार ९:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया