चीनमा फेरि भेटिन थाले कोरोनाका नयाँ संक्रमित

चीनभित्रै कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थालेका छन् । बिहीबार मात्र चीनमा कोरोना भाइरसका ६१ जना नयाँ संक्रमित भेटिएका हुन् । 

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । त्यस्तै, अरू १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना चीनभित्रैका नागरिकमा पाइएको हो ।

यहाँका स्थानीय नागरिकहरुबाटै उनीहरु सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ । हेबेइ, ग्वांगोग र जिलिनमा ती सङ्क्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरूको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।

उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा संक्रमित बढेको पाइएको छ । यसबाट यस क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ ।  





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार ११:५४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया