गठबन्धन चुनावसम्मै जान्छ : प्रचण्ड
फाइल फाेटाे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन आगामी चुनावसम्मै जाने बताएका छन् ।

शुक्रबार माओवादीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन्।

उनले भने, ‘एमसिसी पास भएसँगै गठबन्धनभित्र देखिएकाे असमझदारी अन्त्य भएकाे छ । अब याे गठबन्धन चुनावसम्मै जान्छ ।’

अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदनपछि माओवादीभित्र विवाद चुलिएकाे छ । केन्द्रीय समितिकाे बैठक अहिले जारी नै छ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक नेताको आन्तरिक छलफलको कारण साढे दुई घण्टा ढिला गरी सुरु भएको हो । 

एमसिसी अनुमोदनपछि असन्तुष्ट रहेका नारायणकाजी श्रेष्ठलगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् । 

अध्यक्ष प्रचण्डले असन्तुष्ट रहेका नेताहरूप्रति संकेत गर्दै आफ्नो बाटो लागे हुन्छ भनेपछि पार्टीमा विवाद उत्कर्षमा पुगेको छ ।



बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएका छन् ।
 



  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १५:९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया