विप्लव भन्छन्- एमसिसी २१ औं शताब्दीको उपनिवेश हो

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसिसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनको रूपमा दर्ज भएको बताएका छन् । 

विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसिसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसिसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रूपमा दर्ज भएको बताएका हुन् । 

उनले भने, ‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसिसी अनुमोदन गरियो । नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसिसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’ 

नेपालको स्रोत साधनमाथि हस्तक्षेप गर्ने रणनीतिअनुसार अमेरिकाले अनुदानको रूपमा पैसा दिएको उनको आरोप छ । 

अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाउन लागि परेको भन्दै उनले एमसिसी भनेको २१ औं शताब्दीको उपनिवेश रहेको दाबी गरे । 

अनुदान सहयोगको हस्तक्षेप नीतिअनुसार आएको एमसिसी नेपालमा उपनिवेश लाद्न ल्याएको आरोप लगाएका विप्लवले अनुदान सहयोग लिन सकिए पनि एमसिसी उपनिवेशको नीति लिएर ल्याएको जिकिर गरे । 



केही व्यक्तिको मन्त्री र सांसदको पद जोगाउन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहित विपरीत रहेको एमसिसी अनुमोदनमा सहमति जनाएको उनको भनाइ छ । 
 



  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १७:१४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया