गायक रविन तामाङको स्वरमा चलचित्र ‘चिसो एष्ट्रे’को गीत ‘चिसो एष्ट्रे’ सार्वजनिक भएको छ।
अंग्रेजी भर्सनको गीतमा रविनकै शब्द तथा संगीत छ । दिनेश पाल्पाली निर्देशित चलचित्रमा उनको अभियन पनि हेर्न पाइनेछ ।
केही समयअघि उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए । शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो । गीतले युवाहरूको जीवनशैलीलाई अभिव्यक्त गरेको छ ।
फिल्मले देखाउन खोजेको कुरालाई गीतले संक्षेपमा प्रस्तुत गर्ने प्रयास गरेको गायक तामाङले बताए ।
‘दिनेशले बनाएको फिल्मलाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु’ उनले भने ।
चलचित्र टिम र फिल्म कलेजका विद्यार्थीबीच अन्तक्रिया भएको थियो । चलचित्र होलीको भोलिपल्ट अर्थात् चैत ४ मा रिलिज हुँदैछ ।
गीत सुन्नुहाेस् :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।