२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

रविन तामाङले गाएकाे ‘चिसो एष्ट्रे’ सार्वजनिक

गायक रविन तामाङको स्वरमा चलचित्र ‘चिसो एष्ट्रे’को गीत ‘चिसो एष्ट्रे’ सार्वजनिक भएको छ। 


अंग्रेजी भर्सनको गीतमा रविनकै शब्द तथा संगीत छ । दिनेश पाल्पाली निर्देशित चलचित्रमा उनको अभियन पनि हेर्न पाइनेछ ।



केही समयअघि उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए । शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो । गीतले युवाहरूको जीवनशैलीलाई अभिव्यक्त गरेको छ ।

फिल्मले देखाउन खोजेको कुरालाई गीतले संक्षेपमा प्रस्तुत गर्ने प्रयास गरेको गायक तामाङले बताए । 



‘दिनेशले बनाएको फिल्मलाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु’ उनले भने ।

चलचित्र टिम र फिल्म कलेजका विद्यार्थीबीच अन्तक्रिया भएको थियो । चलचित्र होलीको भोलिपल्ट अर्थात् चैत ४ मा रिलिज हुँदैछ ।

गीत सुन्‍नुहाेस् :



 

  • प्रकाशित मिति : २१ फागुन, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया