एक वर्षभित्र मुक्तकमैयाको व्यवस्थापन हुन्छः मन्त्री अर्याल

बाँके– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले अबको एक वर्षभित्रमा मुक्तकमैयाको व्यवस्थापन गर्ने बताएका छन् । 

भूमि समस्यासँग सम्बन्धित बर्दियाका सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘शक्तिशाली आयोग गठन गरी एक वर्षभित्रमा मुक्तकमैयाको समस्या समाधान गर्छौं ।’ 

मन्त्री अर्यालले अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने र खण्डीकृत जग्गालाई एकीकृत गरी भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने बताइन् । 

आगामी वर्षदेखि मुक्तकमैया पुनःस्थापनाको समस्या लिएर मन्त्रीसमक्ष आउनु पर्दैन भन्दै उनले मुक्त कमैयाको समस्यालाई पूर्णरुपमा समाधान गर्ने बताइन् ।

अहिलेसम्म बर्दियामा १० हजार ७९७ घरपरिवार मुक्तकमैयाले परिचयपत्र पाएका छन् । तीमध्ये १० हजार ७१४ घरपरिवार मुक्तकमैया पुनःस्थापित भएका छन् । पुनःस्थापित हुन नसकेका ८३ घरपरिवारमध्ये ७० घरपरिवार सम्पर्कमा नआएको र १३ घरपरिवार पुनःस्थापना हुने क्रममा रहेको भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाले जनाएको छ । 





  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार ६:५९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया