युक्रेनी दुई सहरमा अस्थायी युद्धविराम गरेको रुसको घोषणा

रुसले युक्रेनका दुई सहरमा अस्थायी युद्धविरामको घोषणा गरेको छ । रुस र युक्रेनबीच जारी युद्धको दशौं दिनमा रुसले युक्रेनी दुई सहरमा अस्थायी युद्धविराम घोषणा गरेको बताएको हो । 

रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिबार मस्को समयअनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको हो ।

किभमा रहेको बिबीसीका संवाददाता जेम्स वाटरहाउसले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै भनेका छन्, 'रूसी रक्षा मन्त्रालयले रुसी सेनालाई मस्कोको समय १० बजेदेखि शहरहरूमा आक्रमण रोक्न भनेको छ ताकि मानिसहरूलाई मद्दत गर्न मानवीय कोरिडोरहरू खोल्न सकियोस् ।'

रुसी सरकार समर्थित मिडिया स्पुतनिकले पनि युद्धविराम ६ बजे (ग्रीनविच मिन टाइम)देखि लागू हुने जनाएको छ । र, यस अवधिमा सर्वसाधारणलाई मद्दत गर्न मानवीय कोरिडोरहरू खोलिने जानकारी दिएको छ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १३:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया