राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए शपथ

राष्ट्रियसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार सिंहदरबारस्थित संसद सचिवालयमा नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

त्यसै अवसरमा पारेर उनले नवनिर्वाचित सांसदलाई संघीय संसदको लोगो पनि प्रदान गरे । गत १२ माघमा राष्ट्रियसभाका १९ जना सदस्यका लागि निर्वाचन भएको थियो ।

निर्वाचनमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत, कमल पन्त, युवराज शर्मा, नारायणदत्त मिश्र र दुर्गा गुरुङ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । 

त्यसैगरी नेकपा (माओवादी केन्द्र)बाट उर्मिला अर्याल, सुरेश आलेमगर, नरबहादुर विष्ट, भुवनबहादुर सुनार र जगतबहादुर पार्की निर्वाचित भएका थिए । 

नेकपा (एकीकृत समाजवादी)बाट जयन्ति राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, मदनकुमारी शाह र उदयबहादुर बोहोरा निर्वाचित भएका थिए । 



त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।



  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १३:४८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया