आइसिसी महिला विश्वकप : अस्ट्रेलियाको विजयी सुरुवात

आइसिसी महिला एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । उसले शनिबारको खेलमा इंग्ल्यान्डमाथि १२ रनको जित हात पारेको हो । 

३११ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै २९८ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि नेटली स्काइभरले शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने  सकिनन् । १०९ रनमा अविजित रहेकी उनले ८५ बलमा १३ चौका प्रहार गरिन्।

टम्मी बोउमोन्टले ७२ बलको सामना गर्दै ७ चौकाको मद्दतले ७४ रन बनाइन् । कप्तान हेदर नाइटले ४० रन जोडिन् ।  

अस्ट्रेलियाका लागि अलना किंगले ३, ताहलिया म्याकग्रेथले र जेस जोनासेनले २-२ तथा मेगन १ विकेट हात पारे । 

यसअघि न्युजिल्यान्डको ह्यामिल्टनस्थित सेडन पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउँदै ३१० रन बनाएको थियो।



अस्ट्रेलियाका लागि राचेल हाइनेसले शतकीय पारी खेलिन् । १३१ बलको सामना गरेकी उनले १४ चौका र १ छक्का सहित १३० रन बनाइन् । 

कप्तान मेग लनिंगले ११० बलमा ७ चौका र १ छक्कामो मद्दतले ८६ रन बनाउँदा अविजित रहेका वेथ मोनीले २७ र एलिस पेरीले १४ रन जोडे । 



इंग्ल्यान्डका लागि नेटली स्काइभरले २ तथा क्याथरिन ब्रुन्टले १ विकेट लिए । 

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १४:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया