कांग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव सर्वसम्मत निर्वाचित

नेपाली कांग्रेस महोत्तरीको दोश्रो चरणको निर्वाचनमा सहमतिपछि सभापतिमा नागेश्वर यादव सर्वसम्मत निर्वाचित भएका छन् । 

चुनावी प्रतिस्पर्धाबाट हटेपछि सहमति हुँदा नागेश्वर यादव सर्वसम्मतले निर्वाचित भएका हुन् । पहिलो चरणको निर्वाचनमा मत परिणामबाट बजरंग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशिल यादव चुनावी मैदानमा थिए ।

कुनै पनि उम्मेदवारले निर्वाचनमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोश्रो चरणको निर्वाचन तय भएको थियो । 

दोश्रो चरणको निर्वाचनमा सुशिल यादव समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि निर्वाचनविना नै नागेश्वर यादव निर्वाचित भएको घोषणा गरिएको पूर्व जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।

दुवै उम्मेदवार देउवा पक्षधर निकट मानिन्छन । पौडेल पक्षधर बजरङ्ग नेपाली चुनावी प्रतिस्पर्धावाट बाहिरिएपछि डिजाइनमा नै नागेश्वरलाई समर्थन गरिएको केही नेताहरूको भनाइ छ । 

तीन जना उम्मेदवार मध्ये पहिलो चरणको मत परिणाममा नागेश्वर यादवले १ हजार ११, सुशिल यादवले ७ सय ७९ र बजरङ्ग नेपालीले ३ सय ६ मत ल्याएका थिए ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १४:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया