५० वर्ष शासन गर्छु भन्नेहरू ५ वर्ष नभई बूढानीलकण्ठको ढोका ढकढक्याउन पुगे -विश्वप्रकाश शर्मा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५० वर्ष शासन गर्छु भन्ने कमयुनिस्ट नेताहरू ५ वर्ष नपुगी बूढानीलकण्ठ धाउन बाध्य भएको कटाक्ष गरेका छन् ।

वाम गठबन्धन गरेर सरकार निर्माण गरेका केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटारमा पाखुरा सुर्कासुर्की गरेर बस्नुबाहेक केही काम नभएको उनले बताए । 

ओली र प्रचण्डप्रति कटाक्ष गर्दै शर्माले भने, ‘कम्युनिस्ट पार्टीको सरकार हुँदा हामीले देखेका थियौं, बालुवाटारमा केपी कमरेड र प्रचण्ड कमरेडहरू पाखुरा सुर्कासुर्की गरेर बसेको देखियो । अन्तिममा त ५० वर्ष शासन गर्छु भन्नेहरू त महाराजगन्जको चोकबाट माथि बूढानीलकण्ठ लागेको लाग्यै । कहिले कमरेड प्रचण्ड, कहिले केपी ओली ।’

बूढानीलकण्ठमा रहेको नारायण भगवानको दर्शन गर्न गएको हो कि भन्ठानेको व्यंग्य गर्दै शर्माले भने, ‘हामीले त माथि नारायण भगवान सुतेर बस्नुभएको छ पानीमा, त्यतै जानुहुन्छ भनेको त पुजारी त भन्छन्, यता त आएका छैनन्, अलि तलतिर गएर उनीहरूकोमा गएका छन् ।’

उनले यदि जनताको मत लिएर पनि बूढानीलकण्ठ नै जान पर्ने भएपछि अब सोझै जनताले रुख चिन्हमा भोट हाल्ने दाबी गरे । ‘जनताको मत लिने अन्तिममा गएर बूढानीलकण्ठकै ढोका ढकढकाउनु छ भने जनताको मत लिने कांग्रेसको सानेपाको ढोकामा ढकढक्याउनुछ भने जनताको मत लिने रामचन्द्र दाई भन्दै बोहोराटारको बाटो सोध्दै आउने हो भने अब जनताले अलमलिनु जरुरी छैन । मत लिएर कांग्रेसलाई अलमल्याउनेलाई होइन जनताले सिधै कांग्रेसलाई मत दिएर विजय गराए भने समृद्धिको बाटोमा पुर्याउन सहयोग हुन्छ’ महामन्त्री शर्माले भने ।

कांग्रेसले लोकप्रियताको भन्दा पनि लोकहितको कुरा गरेको उनको दाबी छ । ‘कांग्रेसले लोकप्रियताको कुरा होइन, लोकहितको कुरा गर्यो । कसैले हेर्दैगर्दा उसलाई भोटको रुपमा हेर्यो होला । तर, कांग्रेसले उसको भविष्यको रुपमा हेर्यो । त्यसैले कांग्रेस पार्टी जिम्मेवार छ, तयो जिम्मेवार दलले नेतृत्व गरेर जाँदैगर्दा यो देशले अर्को दशकमा समृद्धितर्फ लानसक्छ भन्ने कुराको प्रचार हुनु जरुरी छ ।’





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १५:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया