मधेस-गण्डकीको समृद्धिका लागि सहकार्य आवश्यक : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको औँल्याएका छन् ।

मख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रको खोजी गरेर अगाडि बढन आफूहरू तयार रहेको बताए । 

शनिबार जनकपुर–पोखरा विमान सेवा सुरु भएपछि पहिलो उडानमा मधेस भ्रमणमा जनकपुर पुग्नु भएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश–प्रदेश बीचको सम्बन्धलाई बलियो बनाउनु पर्ने आवश्यक्ता रहेको बताए । 

मुख्यमन्त्री पोखरेलले पोखरा पर्यटकीय गन्तव्य रहेको र जनकपुर धार्मिक पर्यटकीय क्षेत्र भएकाले दुवै  प्रदेश बिचमा पर्यटकीय विकास गरेर यसबाट लाभ लिन सक्ने बताए । उनले मधेस प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको अधिक सम्भावना रहेको बताए ।

त्यसैगरि मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महताले दुवै प्रदेश बीचमा सहकार्यबाट पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने बताए ।

जनकपुर विमान स्थलमा मुख्यमन्त्री पोखरेललाई मधेस प्रदेशका पर्यटनमन्त्री  महतो, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १६:२४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया