विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको छ । शनिबार कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलरसम्म पुगेको छ ।
युक्रेन संकटबाट नै तेलको मूल्य उकालो लागेको थियो । आज ब्रन्ट क्रुडको ११८, ओपेक बास्केटको ११७, डब्लुटिआई क्रुडको ११५, बोनी लाइटको ११५ डलर प्रति ब्यारल पुगेको छ ।
रुसले युक्रेनमाथि हमला गरेपछि तेलको मूल्य झन् आकाशिएको छ । मूल्य बढेर केही दिनमै १२५ डलर प्रति ब्यारल पुग्ने प्रक्षेपण भएको छ ।
नेपाल आयल निगमले निरन्तर तेलको मूल्य वृद्धि गरिरहेको छ । अझै पनि निगम घाटामा रहेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।