इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटी र टोटनह्यामको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्गर्तत शनिबार राति भएका खेलमा म्यानचेस्टर सिटी र टोटनह्यामले जित दर्ता गरेका छन् । जितसँगै सिटी पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले जित निकाल्ने क्रममा एभर्टनमाथि ३–१ को नतिजा निकालेको छ । सिटीका लागि गाब्रियल जिससले दुई गोल गरेका हुन् । सिटीका लागि थप गोल रहिम स्टर्लिङले गरेका हुन् । एभर्टनका लागि काल्भर्ट लेबिनले गोल फर्काए । 

सिटीका लागि जिससले २२औं मिनेटमा सुरुवाती गोल गरेका हुन् । खेलको ५०औं मिनेटमा उनले अर्को गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । खेलको ६९औं मिनेटमा स्टर्लिङले थप गोल गरेका हुन् । एभर्टनका लेबिनले ६५औं मिनेटमा गोल गरेका थिए । 

यससँग सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । सिटीले १७ खेल खेल्दै ४४ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलले ४२ अंक जोडेको छ । 

टोटनह्याम विजयी



यस्तै, शनिबार राति नै भएको अर्को खेलमा टोटनह्यामले बर्नेलीमाथि १–० को जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि क्रिस्टियन एरिक्सनले गोल गरेका हुन् । यससँगै टोटनह्याम लिगको तेस्रो स्थानमा पुगेको छ । टोटनह्यामले १७ खेलबाट ३९ अंक जोडेको छ ।



  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार ९:५४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया