निरन्तर रक्षा बजेट बढाउँदै चीन

उत्तरी छिमेकी चीनले शनिबार बजेट प्रस्तावको मस्यौदा सार्वजनिक गरेको छ । जसअनुसार सन् २०२२ मा बजेट ७.१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पुर्‍याउने भएको छ । 

चीनको विधायिकाको सर्वोच्च निकायले वार्षिक अधिवेशनको उद्घाटनमा मस्यौदा जारी गर्दै राष्ट्रिय रक्षा खर्चमा २२९.५ अर्ब अमेरिकी डलर छुट्याइएको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ७.१ प्रतिशतको वृद्धि हो । 

सन् २०२२ मा चीनले सैन्य शिक्षा र युद्ध प्रशिक्षण बढाउने बताएको छ । संयुक्त राज्य अमेरिकापछि चीनको विश्वकै दोस्रो सबैभन्दा उच्च सैन्य बजेट छ । यसले आफ्नो किनाराभन्दा बाहिर शक्ति विस्तार गर्न लामो दूरीका हतियार, सफल आणविक क्षेप्यास्त्र तथा अन्य हतियारमा लगानी गरिरहेको छ ।

चीनले सन् २०२० मा रक्ष बजेट ६.६ प्रतिशतले वृद्धि गरेको थियो । सन् २०२१ को मार्चमा चीनले २०९ अर्ब अमेरिकी डलर रक्षा बजेट घोषणा गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतले वृद्धि हो ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १८:५४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया