एजेन्सी– अहिले मान्छेहरू विभिन्न कारणले गर्दा एक्लोपनको सिकार भइरहेका छन् । यसको कारण जे भए पनि योे तपाईंका लागि निकै खतरनाक तथा मृत्युका कारक पनि बन्न सक्छ । एक्लोपनका कारण हृदयाघात र डिप्रेसनको खतरा पनि कैयौं गुणा बढ्छ ।
यदि तपाईंका धेरै साथी छैनन् अथवा साथीभाइसँग नजिकिन रुचि छैन भने तपाईंका लागि यो राम्रो खबर होइन । एक अनुसन्धानअनुसार एक्लोपनका कारण हृदयाघातको खतरा ४० प्रतिशतसम्म बढ्छ । यसका अतिरिक्त उमेरभन्दा अगाडि मृत्यु हुने सम्भावना पनि ५० प्रतिशतसम्म वृद्धि हुन्छ ।
यो अध्ययनमा एउटा आश्चर्यजनक कुरा पत्ता लागेको छ, जो मान्छे पहिल्यैदेखि मुटुको बिरामी छ, तीमध्ये धेरैको निधन एक्लोपनका कारण भएको छ ।
यस्तो किन हुन्छ ?
अनुसन्धानअनुसार जो मान्छे एक्लोपनको सिकार भएको हुन्छ उसमा क्रोनिक डिजिजको खतरा निकै बढी हुन्छ । यस्ता मान्छेमा डिप्रेसनको खतरा पनि अधिक हुने गर्छ ।
ती मान्छेहरूमा मृत्युको खतरा बढी हुन्छ जो समाजबाट टाढा एक्लै बस्छन् । अथवा मान्छेहरूसँग भेटघाट गर्न जानुभन्दा अगाडि नै कार्डियोवस्कुलरबाट ग्रस्त हुन्छन् । साथीभाइ तथा परिवारका सदस्यहरूसँग बसेर तपाईं यसबाट बच्न सकिन्छ ।
यसबाहेक अरू पनि छन् कारण
१. एक्लोपनका कारण डिप्रेसनको खतरा बढी हुन्छ । यदि तपाईं एक्लोपनको सिकार भएको हुनुहन्छ र उदास महसुस गरिरहनुभएको छ भने तुरुन्त चिकित्सकहाँ सम्पर्क गर्नुहोस् । यो तपाईंका लागि निकै खतरा हुन सक्छ ।
२. तपाईं जब एक्लो रहनुहुन्छ त्यो बेला तपाईं आफ्नो भविष्य तथा करिअरबारे सम्झिएर धेरै कुरा मनमा खेलाउनुहुन्छ । यसबाट पनि तपाईंको स्वास्थ्यमा असर गरिरहेको हुन्छ ।
३. एक्लोपनको असर तपाईंको डाइट तथा खानेकुराको बानीमा पनि परिरहेको हुन्छ । त्यो समय तपाईं धेरैभन्दा धेरै जंक फुड लिनुहुन्छ । यो समय तपाईंको शारीरिक अभ्यास पनि कम हुन्छ । यो स्वास्थ्यका दृष्टिकोणले यो निकै हानिकारक हुन्छ र यसको असर तपाईंको शरीरमा पनि देखिन थाल्छ ।
के गर्ने ?
१. तपाईंका नजिकका मान्छे तथा नजिकका साथीहरूसँग सम्पर्कमा रहनु यसबाट बच्ने उत्तम उपाय हो । एक्लोपनका बेला सम्बन्ध बनाउन कठिन हुन्छ तर पनि तपाईंको फाइदा लागि यो अपरिहार्य हुन्छ ।
२. जब एक्लोपनको महसुस हुन्छ तपाईं कतै अथवा कोही साथीसँग भेटघाट लागि जानुहोस् । यसबाट तपाईं एक्लोपनको सिकार हुनबाट बच्नुहुन्छ ।
३. सम्बन्ध सुधार्ने कोसिस गर्नुहोस्, धेरैभन्दा धेरै समय परिवारका सदस्य तथा साथीहरूसँग बिताउनुहोस् ।
के कुरा सधैँ ध्यानमा राख्नु जरुरी छ भने मान्छे शारीरिक र मानसिक रूपमा समाजमा रहनका लागि जन्मिएका हुन् । एक्लै बस्नु मान्छेको गुण होइन । यदि तपाईं एक्लोपनको सिकार भइरहनुभएको छ भने यसको अर्थ प्रकृतिले तपाईंलाई जस्तो बनाएको छ तपाईं त्यसको विरुद्ध हिँडिरहनुभएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।