मिथाली राज बनिन् ६ विश्वकप खेल्ने पहिलो महिला क्रिकेटर

भारतीय महिला क्रिकेट टोलीकी कप्तान मिथाली राज ६ पटक विश्वकप क्रिकेट खेल्ने पहिलो महिला खेलाडी बनेकी छन् । न्युजिल्यान्डमा जारी आईसीसी महिला एकदिवसीय विश्वकपमा पाकिस्तानविरुद्ध खेल्दै मिथालीले यो कीर्तिमान कायम गरिन् ।  

३९ वर्षीया मिथाली समग्रमा भने ६ वटा विश्वकप खेल्ने तेस्रो खेलाडी हुन् । यसअघि पुरुषतर्फ पाकिस्तानका जावेद मियादाद ६ विश्वकप खेल्ने पहिलो तथा भारतका तेन्दुलकर दोस्रो खेलाडी बनेका थिए । 

मिथालीले पाकिस्तानविरुद्ध आइतबार केवल ९ रन मात्र बनाउन सकिन् । उनी ४ विश्वकपमा कप्तानी गर्ने दोस्रो खेलाडी समेत बनेकी छन् । यसअघि अष्ट्रेलियाकी बेलिन्डा क्लार्कले चार विश्वकपमा कप्तानी गरेकी थिइन् ।

त्यस्तै, २० वर्षसम्म विश्वकप खेल्ने मिथाली पहिलो खेलाडी बनेकी छन् ।
  





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार ११:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया