इलाम– सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पारेकाे ‘बान्तवा राई शब्दसङ्ग्रह’ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११ पृष्ठको उक्त पुस्तकमा ३०० शब्द छन् ।
विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत इलामको माइमझुवाकी स्थायी बासिन्दा उनी हाल कान्तिपुर रेडियोमा वान्तवा भाषाकी समाचार बाचिका हुन् भने इन्डिजिनियस टेलिभिजनमा बान्तवा भाषाको भलाकुसारी कार्यक्रम पनि चलाउँछिन् ।
बोलीचालीका क्रममा प्रयोग गरिने शब्द लोप हुने क्रममा रहेकाले शब्दकोषमार्फत पुनर्ताजगीका लागि पुस्तक लेखिएको उनको भनाइ छ ।
इलामकै रेडियो नेपाली वाणी एफएमबाट भाषागत कार्यक्रम चलाएर पत्रकारिता पाइला राखेकी राराहाङले केही समयपछि भाषागत अर्को पुस्तकसमेत लेख्ने बताएकाे छ । ‘मातृभाषालाई व्यवहारिक भाषाका रूपमा झल्काउनका लागि शब्दकोष लोखिएको हो, उनले भने, हाम्रो भाषा बोलीचालीका रूपमा मात्र प्रयोग भएकाले यसलाई टेवा पुर्याउन शब्दकोष लेखिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।