माओवादी केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आइतबार ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । 

तर, स्थायी कमिटी बैठक बस्नुपर्ने भएकाले भोलिसम्मका लागि केन्द्रीय कमिटी बैठक स्थगित भएको माओवादीका एक नेताले जानकारी दिए । अमेरिकी सहायता परियोजना एमसिसी संसदबाट पास भएसँगै माओवादीमा मतभेद सुरु भएको छ । 

शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा पनि यसबारे नेताहरूले बोलेका थिए । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले यसअघि एमसिसी पास गरेर पार्टीले गलत काम गरेको भन्दै असन्तुष्टि राखेका थिए । उनले पारित भएको दिनलाई कालो दिन समेत घोषणा गरेका थिए । 

आजको बैठकमा पनि यसबारे थप छलफल हुने बताइएको थियो । तर, अन्तिम समयमा नेताहरुबीच पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्नेबारे पनि स्थायी कमिटीमा छलफल हुन लागेको बुझिएको छ । 





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १२:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया