सार्वजनिक सवारीले यात्रु कुर्न नपाउने

काठमाडौं– आजदेखि टुँडिखेल आसपास सार्वजनिक यातायातले सवारी रोकेर यात्रु कुर्न नपाउने भएका छन् । एकै ठाउँमा सार्वजनिक सवारी रोकेर राख्दा सडक ट्राफिक जामको समस्या बढेकाले काठमाडौं महानगरपालिकाले ‘पिक एन्ड ड्रप’ योजना अघि सारेको हो । 

कामपाको मुख्य स्थान मानिने टुँडिखेल आसपासका क्षेत्रमा सवारीको चाप उच्च हुने र सर्वसाधारण पनि समस्यामा पर्ने गरेको माहानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । केही दिनअघि सरोकारवालासँगको भेटमा उनले भनेका थिए, ‘सार्वजनिक सवारीले ठाउँठाँउमा रोकेर यात्रु कुर्दा सर्वसाधारण, विद्यार्थी, कर्मचारी समस्यामा परिहेका छन् । कुनै पनि ठाउँमा समयमा पुग्न सकेका छैनन् ।’ 

पहिलो चरणमा रत्नपार्क आसमास ‘पिक एन्ड ड्रप’ योजना योजना प्रभावकारी भए जिल्लाको सबै वडामा नियम लागू गरिने मेयर शाक्यले बताए । साथै उनले ललितपुर र भक्तपुर महानगरसँग पनि यस विषयमा छलफल भइरहेको जानकारी दिए ।

टुँडिखेलबाट बाहिरिने आसपासका ११ वटा रुटका लागि ११ वटै स्टप तोकिएको छ । नियमअनुसार उक्त स्टपमा मात्र रोक्न पाइन्छ, तर यसअघि जस्तो सवारी रोकेर यात्रु बोलाउन पाइने छैन । कुनै पनि सवारीले सोही रुटको अर्को सवारी नआउन्जेलसम्म भन्दै अटेरी गरे उक्त सवारीमाथि कारबाही अगाडि बढाउने कामपाले जनाएको छ ।
 





  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार १२:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया