गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : विजय गच्छदार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यक्ता भएको प्रस्ट पारे ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले गठबन्धन दलहरूको सुझबुझअनुसार मुलुक ठूलो दुर्घटनाबाट जोगाउन साथै एमसिसी संसदबाट पास गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै विगतमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले संविधान निर्माणमा १६ बुँदे सम्झौता गरेको जानकारी दिए ।

नेता गच्छदारले एमसिसी विशुद्ध विकास परियोजना भएको चर्चा गर्दै गठबन्धन दलहरुले पार्टीको स्वार्थभन्दा माथि उठी यसलाई पास गराउन सहयोग पुर्याएको धारणा व्यक्त गरे ।





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १७:१४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया