प्रिमियर लिगमा आर्सनलको रोमाञ्चक जित
फरकधार / २३ फागुन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

इंग्लिस प्रिमियर लिगमा आर्सनलले घरेलु टोली वाटफोर्डमाथि ३–२ को रोमाञ्चक जित हात पारेको छ । भिकारेज रोड स्टेडियममा गएराति भएको खेलको पाँचौं मिनेटमा मार्टिन ओडेगार्डले आर्सनललाई अग्रता दिलाए । 



खेलको ११ औं मिनेटमा जुआन हर्नान्डेजले गोल गर्दै वाटफोर्डलाई १–१ को बराबरीमा फर्काए । ३० औं मिनेटमा बुकायो साकाले गोल गर्दै पाहुना टोलीलाई २–१ को अग्रता दिलाए ।



५२ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दा आर्सनल ३–१ ले अघि बढ्यो ।  ८७ औं मिनेटमा वाट्फोर्डका मौसा सिसोकोले गोल गर्दै वाटफोर्डलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा आर्सनलले ३–२ को रोमाञ्चक जित निकाल्यो ।



जितसँगै २५ खेलमा ४८ अंक जोडेको आर्सनल चौथो स्थानमा उक्लिँदा पराजित वाटफोर्ड २७ खेलबाट १९ अंकका साथ १९ औं स्थानमा छ । 








  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार ७:४९:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया