सिरी ‘ए’ मा युभेन्टसको कठिन जित

इटालियन सिरी ‘ए’ मा युभेन्टसले कठिन जित निकालेको छ । गएराति घरेलु मैदान एलियन्ज स्टेडियममा भएको खेलमा उसले स्पेजियामाथि १–० को कठिन जित निकालेको हो । 

खेलको २१ औं मिनेटमा अल्भारो मोराटाले गरेको एक मात्र गोल युभेन्टसको जितमा निर्णायक बन्यो । मोराटाले म्यानुएल लोकाटेलीको पासलाई सदुपयोग गरेका थिए ।

जितसँगै युभेन्टस २८ खेलमा ५३ अंक जोड्दै चौथो तथा स्पेजिया समान खेलबाट २६ अंकका साथ १६ औं स्थानमा कायम छन् । 






  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार ७:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया