गुरुकुलमा ताराबाजी ‘लै लै’

बानेश्वरको थापागाउँस्थित कुञ्ज नाटकघरमा ‘तारबाजी लै लै’ मञ्चन भइरहेको छ । गुरुकुलले अघिल्लो मंगलबारबाट आफ्नो पुरानो नाटकलाई नयाँ कलाकारका साथ पुनः मञ्चन गरिरहेको हो। 

नाटक स्कुलका विद्यार्थी र शिक्षकको कथा हो । एउटा शिक्षकले नर्सरीदेखि कक्षा १० सम्म अध्यननरत विद्यार्थीलाई कक्षामा गर्ने व्यवहार नै नाटकको मूल विषय हो । 

नाटकमार्फत कलाकारले बालापनका क्षण फरकशैलीमा पस्कने प्रयास गरेका छन् । केटाकेटीको चञ्चले स्वभाव र हुर्कँदै जाने क्रममा उनीहरूमा विकास भएको ईर्ष्यालु भावना नाटकमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

विद्यार्थी जीवनमा केन्द्रित रहेको नाटकमा बाल्यावस्थादेखि यौवनावस्थासम्मको स्वभाव आनीबानीलाई नाटकको माध्यमबाट देखाउन खोजिएको छ ।

कक्षामा शिक्षक र विद्यार्थीबीचको सम्बन्धका आयामलाई पनि नाटकले प्रष्ट पार्न खोजेको छ । शिक्षकले बाल्यावस्थादेखि युवावस्थासम्म आइपुग्दा विद्यार्थीलाई हेर्ने दृष्टिकोण र ऊप्रति गर्ने व्यवहार नाटकमा देखाइएको छ ।

कक्षाभित्र विद्यार्थीले हल्ला, झगडा गर्दा दिएको पाठलाई पूरा नगर्दा शिक्षकले विद्यार्थीमाथि कस्तो व्यवहार गछन् । बालखै छँदा विद्यार्थीको सोच्ने शैली र युवावस्थासम्म आइपुग्दा त्यसमा आउने परिवर्तन नाटकमा प्रस्तुत गर्न खोजिएको छ ।



नाटकमा स्कुले साथीहरूबीच हुने रिस, माया, ख्याल ठट्टा लगायतका विभिन्न पक्षलाई समेटिएको छ । 

नाटकमा दर्शकले आफ्नो स्कुले जिवनको कथा भेट्टाउने छन् र आफ्नो जिवनमा महत्वपूर्ण क्षणलाई पुनः स्मरण गर्नेछन् ।   



नाटकको सङ्गीत उत्सव बुढाथोकीको समन्वयमा तयार पारिएको हो । नाटकको निर्देशन प्रसिद्ध नर्वेली निर्देशक मोर्टन क्रोगले गरेका हुन् । उनको सन् २०१५ मा निधन भएको थियो । गुरुकुलले उनैको सम्झनामा आफ्नो डेढ दशक पुरानो नाटकलाई पुनः मञ्चन गरिरहेको हो । अहिले नाटको प्रकाश परिकल्पना रङ्गकर्मी सुनील पोखरेलले गरेका छन् ।

नाटकमा आलोक थामी, राज न्यौपाने, सम्झना आचार्य भट्टराई, नीता कार्की राई, मोहन राई, सुवास तिमिल्सिना, सौजन सेनेहाङ, तुफान थापा, निशान्त खत्री, प्रमिला विक, सुब्रत सिलवाल, प्रकाश थापा, सौरभ कार्की, राजेन्द्र कट्टेल, रोशन चन्द, केशव शाही, एलिजा तुम्बापो र प्रतिज्ञा भण्डारीको अभिनय छ । 

सबै कलाकारले आफ्नो पात्रलाई न्याय गरेका छन् । बालापनदेखि युवावस्थासम्मका उनीहरूको अभिनय तारिफयोग्य छ । 

नाटक १३ चैतसम्म सोमबारबाहेक मञ्चन हुनेछ । नाटक अरू दिन साँझ साढे पाँच बजे तथा शनिबार दिउँसो साढे १ मा पनि मञ्चन हुनेछ ।   

  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १०:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया