माओवादीको केन्द्रीय कमिटी बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएको हो ।

शुक्रबारबाट सुरु भएको बैठक आइतबारका लागि तय भए पनि अन्तिम समयमा स्थगित भएको थियो । माओवादी केन्द्रको यो बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीलगायतका विषयमा छलफल चलिरहेको छ । 

आजको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो । माओवादी केन्द्रीय कमिटी र बाँकी पदाधिकारीहरूको टुंगो लगाउने बताएको छ । 

यद्यपि नेताहरूबीच सहमति हुन नसक्दा आइतबार बैठक नै स्थगित गरेर छलफलमा अघि बढिएको थियो । चुनावी कार्यक्रम तय गर्दै आजको बैठक सक्ने तयारी रहको बुझिएको छ । 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १२:२४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया