धनगढीमा एक युवकको शव नालीमा फेला, हत्याको आशंका

कैलालीमा एक जनाको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकामा वडा नम्बर ५ को जाँइ-शिवनगर सडक अन्तर्गत केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो।

शव नालीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । 

मृतकको पहिचान खुल्न सकेको छैन । साथै घटनाको अनुसन्धान कुकुरको प्रयोग गरी अनुसन्धान भइरहेको डिएसपी जोशीले जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १३:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया