समय अभावका कारण माओवादीले पदाधिकारी, स्थायी र पोलिट्ब्युरो नबनाउने

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो नबनाउने भएको छ ।

चुनावअघि समयको अभावमा पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन नहुने भएकाे हाे ।

काठमाडौंकाे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा नेता वर्षमान पुनले सञ्चारकर्मीसँग उनले भने, ‘समयको अभावका कारण हामी अहिले चुनावअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो बनाउँदैनौँ ।’ 

तर, अध्यक्षलाई निर्णय गर्न सहयोगीका रूपमा सानो आकारको केन्द्रीय कार्यालय बनाउने उनको भनाइ छ । पार्टीका संरचनामा पदाधिकारी नहुँदा चुनावलाई प्रभाव नपर्ने बताएका उनले विचार र नीतिले निर्वाचनमा अर्थ राख्ने बताए ।

यसैबीच, अमेरिकी सहयाेग परियाेजना एमसिसीविरुद्ध पार्टीका प्रमुख सचेतक देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएको विषयमा सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन् । यसलाई छलफलमा लगेर एमसीसीबारे समान धारणा बनाउने उनको भनाइ छ।
 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १४:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया