नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ । राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा ९७ जना केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव पेस भएको हाे ।
अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा पेस गरेका थप केन्द्रीय सदस्यको बारेमा अहिले छलफल चल्दैछ । प्रचण्डले केन्द्रीय सदस्यको नाम पढेर सुनाइसकेका छन् ।
यसअघि आठौं महाधिवेशनबाट २४६ जना केन्द्रीय कमिटीका सदस्यहरूको नाम पढेर सुनाइएको थियो । आज थपिएका ९७ जना सहित माओवादीले ३४३ जनाको केन्द्रीय कमिटी बनाएको छ ।
शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठक आजै सक्नेगरी तयारी गरिएको छ । निर्वाचनका कार्यक्रमहरु तय गरेर बैठक सक्नेगरी तयारी भइरहेको जनाइएको छ । माओवादीमा एमसिसी संसदबाट पारित भएपछि विभिन्न फरक मत आएका थिए ।
उक्त फरक मतको बारेमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।