पछिल्लाे २४ घन्टामा काठमाडाैं उपत्यकामा थप २९ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ।
उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप २९ जनामा संक्रमण पुष्टि भएकाे हाे।
संक्रमितमध्ये काठमाडौंमा २२, भक्तपुरका १ तथा ललितपुरमा ६ जना रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८८ जनामा संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ।
यही अवधिमा ३७६ जना कोरोना संक्रमणमुक्त हुँदा हाल देशभर ६ हजार १५० जना सक्रिय संक्रमित रहेका छन् ।
गत चौबीस घन्टामा ८ हजार ६३८ जनाकाे काेराेना परीक्षण भएकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।