भोलिदेखि ‘नुवाकोट त्रिशूली महोत्सव’

विदुर– नुवाकोट त्रिशूली महोत्सव सोमबारदेखि हुने भएको छ । नुवाकोट, रसुवा र धादिङकै सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनका लागि रकम संकलन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । 

‘विविध सांस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार, शिक्षा, कृषि, पर्यटन तथा व्यापार महोत्सव’ भने मूल नाराका साथ गरिने महोत्सवले जिल्लाको आर्थिक, सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक पहिचानलाई थप विस्तार गर्न मद्दत पुग्ने आयोजकको आशा छ । 

शिक्षा क्षेत्रको विकासमा योगदान गर्न यति ठूलो महोत्सवको आयोजना गरिएको जिल्लामै यो पहिलोपटक हो । महोत्सव पुस १० गतेसम्म चल्नेछ । 

विदुर नगरपालिका १ स्थित सो विद्यालयले सुरु गरेको इन्जिनियरिङ विषयको पठनपाठनका लागि आवश्यक रकम जुटाउन महोत्सव गर्न लागिएको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताए । 

२००७ सालमा स्थापित विद्यालय तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय हो । 

विद्यालयमा अहिले सिटिइभिटीअन्तर्गत तीनवर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयको पढाइ भइरहेको छ । विद्यालयमा अध्ययनका लागि ४८ विद्यार्थीको दरबन्दी भए पनि अनुमति लिन ढिला भएकाले २४ विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक महेन्द्र रावतले बताए । 



सेमेस्टरका लागि सरकारले तोकेको प्रतिविद्यार्थी २ लाख मात्र शुल्क लिइने भएकाले अपुग रकमका लागि महोत्सव गर्न लालिएको विद्यालयले जनाएको छ । आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न महोत्सव गर्न लागिएको शिक्षक राजेन्द्र दवाडीले बताए ।

महोत्सवमा स्थानीय मौलिक कला, संस्कृति र ऐतिहासिक महत्व झल्काउने वस्तु र प्रस्तुति आकर्षणका रुपमा रहनेछन् । 



  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार १९:५७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया