विद्यालयबाट घर फर्कने क्रममा ट्रकको ठक्करबाट किशोरीको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । 

जिल्लाको धनगढी उपमहानगरपालिकाको मोहना-अत्तरिया सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा १६ वर्षीया किशोरी स्वस्तिका कुँवरको मृत्यु भएको हो ।

स्थानीय त्रिभुवन माविमा अध्ययनरत ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएकी कुँवरकाे माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक गोदावरी ४ बस्ने गणेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १७:४२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया