माओवादीको केन्द्रीय सदस्यमा प्रचण्डका छोरी–ज्वाइँसहित ४७ जनाको नाम अस्वीकृत

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका ९७ मध्ये ५० जनाको नाम मात्रै केन्द्रीय समिति बैठकबाट पारित भएको छ । अस्वीकृत हुनेमा दाहालकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यसमेत छन् । 

माओवादी केन्द्रीय समितिको काठमाडौंमा जारी सोमबारको बैठकमा दाहालले ९७ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्नुपर्ने प्रस्ताव गरेका थिए । 
केन्द्रीय सदस्यहरूले दाहाल र आचार्यलगायत ४७ जनालाई विनाआधार केन्द्रीय सदस्यमा मनोनीत गर्न खोजेको भन्दै विरोध जनाएपछि ५० जनाको नाम मात्रै पारित भएको हो । 

सोमबारको बैठकले महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेका ३७ जना, ९ जना मधेसी र ४ जना दलित समूहबाट मनोनीत गरेको छ । अब माओवादी केन्द्रीय समिति सदस्य संख्या २ सय ९७ पुगेको छ । पदाधिकारी भने स्थानीय तहको निर्वाचन पछि मात्रै चयन गर्ने बताइएको छ ।





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १८:२६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया