ह्यारी केन चम्कदा प्रिमियर लिगमा टोटेनहमको शानदार जित

इंग्लिस प्रिमियर लिगमा आज बिहान सम्पन्न खेलमा टोटेनहम हस्टपरले एभर्टनमाथि ५–० को फराकिलो जित हात पारेको छ ।

टोटेनहम हस्टपर स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन ह्यारी केनले २ तथा सन ह्युङ–मिन र सर्जियो रेगुइलोनले १–१ गोल गर्दा १ गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो ।

खेलको १४ औं मिनेटमा माइकल केनको आत्मघाती गोल मार्फत टोटेनहमले अग्रता  लिएको थियो । १७ औं मिनेटमा ह्युङ–मिनले टोलीको अग्रता दोब्बर बनाए । ३७ औं मिनेटमा केनले टोटेनहमका लाागि तेस्रो गोल गरे ।

४६ औं मिनेटमा रेगुइलोनले घरेलु टोलीलाई ४–० ले अघि बढाए । ५५ औं  मिनेटमा केनले ब्यत्तिगत दोस्रो गोल गरेपछि टोटेनहमले ५–० को सानदार जित हात पार्‍यो ।

जितसँगै २६ खेलमा ४५ अंक जोडेको टोटेनहम सातौं स्थानमा उक्लिँदा पराजित एभर्टन २५ खेलबाट २२ अंकका साथ १७ औं स्थानमा छ ।  





  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार ७:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया