महिलाको सक्रिय सहभागिताले नै विश्व सभ्यता यहाँसम्म आइपुग्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक र राजनैतिक रूपान्तरणमा नेपाली महिलाको भूमिका अहम् रहेको बताएका छन् । आज ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महिलाहरूले युगौँदेखि त्याग, तपस्या र बलिदानको बेग्लै कीर्तिमान कायम गरेको पनि उल्लेख गरेका छन् । 

‘मानव समुदायका सबै सामाजिक र राजनैतिक परिवर्तन र संघर्षमा महिला समुदायको सक्रिय सहभागिता र भूमिकाले नै विश्व सभ्यता यहाँसम्म आइपुगेको हो । नेपाली सामाजिक र राजनैतिक रूपान्तरणका लागि नेपाली महिलाहरूले युगौँदेखि त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेका छन्,’ प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् । 

साथै, उनले महिलाको संघर्षका कारण पछिल्लो चरणमा महान् जनयुद्धमा बनेका साहस र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेका पनि बताएका छन् । 

वर्तमान संविधानले महिलालाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै प्रचण्डले प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि संघर्षरत रहन सम्पूर्ण महिलालाई अपील पनि गरेका छन् । 






  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार ९:२३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया