रुसले आक्रमण सुरु गरेयता २० लाख युक्रेनीले देश छाडे : राष्ट्रसंघ

रुसले युक्रेनमा आक्रमण सुरु गरेयता २० लाख मानिसले देश छाडेका छन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले द्वन्द्व सुरु भएयता हालसम्म २० लाखले युक्रेन छाडेको बताए । 

रुसले युक्रेनमा १३ दिनअघि आक्रमण सुरु गरेको थियो । यो दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो शरणार्थी संकट भएको बताइएको छ । ग्रान्डीले युक्रेनबाट सुरुमा आएका मानिसहरू धनी भएको बताए, किन भने तिनीहरूमध्ये धेरै कारहरूमा आएका थिए ।

'ती मानिसहरूको युक्रेन बाहिर सम्पर्क थियो । तिनीहरू आफ्नो परिवार, साथीहरू र समुदायहरूमा गएका छन्,' उनले भने । तर, उनले यदि युद्ध जारी रहे स्रोत अभाव भएका मानिसले पनि युक्रेन छाड्ने उनले बताए ।

उनले थपे, 'यो युरोपेली देशहरूका लागि जटिल मुद्दा बन्ने छ । यस विषयमा सबै युरोप एकजुट हुनुपर्छ । यस्तो समस्या अन्य देशमा भए पनि  दोस्रो विश्वयुद्धपछि युरोपले त्यस्तो संकटको सामना गरेको थिएन ।'

पोल्याण्डका उपविदेश मन्त्री पावेल जाब्लोन्स्कीले पोल्साट न्यूजलाई शरणार्थी संकटसँग लड्न ईयूलाई ५० करोड युरो आवश्यक पर्ने बताएका छन् । करिब १२ लाख मानिस युक्रेन छोडेर पोल्याण्ड पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।





  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार १८:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया