नेटफ्लिक्सको ‘हार्ट अफ स्टोन’मा देखिँदै आलिया

अभिनेत्री आलिया भाट बलिउडकी उत्कृष्ट अभिनेत्रीमध्येमा पर्छिन् । हाल प्रदर्शनरत फिल्म ‘गंगुबाई काठियावाडी’बाट प्रशंसा पाइरहेकी यी अभिनेत्री चाँडै नै हलिउडमा पाइला चाल्ने तयारी गरिरहेकी छन् ।

चारवटा ‘फिल्म फेयर अवार्ड’ जितिसकेकी आलिया नेटफ्लिक्सको ‘हार्ट अफ स्टोन’मा ‘वण्डर वुमन’ अभिनेत्री गेल गेडोटको अपोजिटमा देखिन लागेकी हुन्।

जोया अख्तरले निर्देशन गरेको सन् २०१९ को फिल्म ‘गली ब्वाय’ उक्त वर्षको ‘बर्लिन फिल्म फेस्टिभल’मा प्रिमियर भएको थियो र एक अन्तर्राष्ट्रिय हिट बनेको थियो ।

फिल्म सन् २०२० को ‘अस्कर अवार्ड’मा ‘सर्वश्रेष्ठ विदेशी भाषा फिल्म’का रूपमा भारतको आधिकारिक सहभागिता जनाएकाे थियो ।
 





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार ९:४१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया