२० लाखभन्दा बढी युक्रेनी शरण खोज्दै विदेशी भूमिमा

२४ जनवरीमा रुसले युक्रेनमा पूर्णरूपमा हमला गरेपछि २० लाखभन्दा बढी मानिसहरूले युक्रेन छाडेर विभिन्न देशमा शरण लिएका छन् । राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार युक्रेन युद्धका कारण २ लाख ११ हजार ३१२ मानिसहरू देश छाडेर शरण लिन विभिन्न देशमा पुगेका छन् ।

यूएनएचसीआर प्रमुख फिलिप्पो ग्रान्डीले यसलाई ‘स्तब्ध बनाउने माइलस्टोन ’भनेका छन् । ‘मोनोलिथिक तथ्यांक पछाडि बिछोड, पीडा र क्षतिका दुई लाख कथाहरू छन्,’ उनले भने । 

पाशविक युद्धका कारण परिवारहरू निराश र अकल्पनीय पीडामा डुबेको उनले बताएका छन् ।

रुसी सेना युक्रेनतर्फ अगाडि बढेर विशेष गरी राजधानी किभतर्फ बढ्दै जाँदा यो प्रवाह तीव्र हुने अधिकारीहरूले अनुमान गरेका छन् ।  





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार ९:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया