‘बुलाकी’काे फर्स्टलुक सार्वजनिक, कर्णाली लुक्समा देखिइन् सुरक्षा

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘बुलाकी’ को फर्स्टलुक सार्वजनिक भएको छ । फर्स्टलुकमा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ।

कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । 

सुरक्षालाई कर्णाली भेगकी महिलाको रूपमा देखाइएको छ । टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा स्व. मोति विष्ट प्रस्तुतकर्ता छन् ।

डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।

छत्रेश्वरी मेनेजमेन्टको व्यानरमा सौगात कँडेल सहनिर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन छ । निर्माण पक्षका अनुसार केही समयपछि टिजरसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिनेछ ।





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार ९:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया