रुस र युक्रेनमा रहेका विदेशी खेलाडीले क्लबसँगको सम्झौता अन्त्य गर्न पाउने

रुस र युक्रेनका क्लबमा रहेका विदेशीले आफ्नो सम्झौता अवधि बाँकी रहेको भए पनि त्यसलाई टुंग्याउन पाउने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुस र युक्रेनका क्लबमा आवद्ध विदेशी खेलाडी तथा प्रशिक्षकले अस्थायीरूपमा सम्झौता टुंग्याउन सक्ने जनाएको हो । 

रुसले युक्रेनमाथिको आक्रमण जारी राखेपछि फिफाले रुस र युक्रेनमा रहेका विदेशी खेलाडी तथा प्रशिक्षकले सम्झौता अन्त्य गरेर अन्यत्र जान पाउने जनाएको छ । तर यो प्रावधान भने सिजनको अन्त्य अर्थात् ३० जुनसम्मका लागि मात्र लागू हुनेछ ।

त्यस्तै, फिफाले अन्य देशका क्लबहरूलाई रुस तथा युक्रेनमा खेलिरहेका विदेशी खेलाडीमध्ये दुई जनालाई अनुबन्धन गर्न पाउने समेत जनाएको छ । फिफाले रुसमाथि अन्तर्राष्ट्रिय फुटबल खेलका लागि प्रतिबन्ध लगाइसकेको छ । 
 





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १२:५०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया